काठमाडौं। काठमाडौंको अनामनगरमा पनि विस्फोट भएको छ। काठमाडौंको सुकेधारामा सिलिण्डर बिस्फोट भएको केही समयमै अनामनगरमा बिस्फोट भएको हो।
विस्फोटमा एक जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए। उनको परिचय नखुलेको प्रहरीले जनाएको छ। अनामनगरको विस्फोटमा घाइते भएका एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।
अनामनगरमा विस्फोट भएकै समयमा सुकेधारामा भएको विस्फोटमा २ जनाको ज्यान गएको छ। घाइते पाँच जनालाई उपचारका लागि ओम अस्पताल लगिएको छ। अलिहेसम्म ग्यास सिलिण्डर विस्फोट भएको या बम विस्फोट भन्ने खुल्न नसकेको पनि प्रहरी प्रवक्ता पोख्रेलले बताए।



लाेकपाटी न्यूज

