काठमाडौं, २ जेठ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका २ जना पर्वतारोहीको मृत्यु भएको छ भने एक जना सम्पर्कबिहिन भएका छन्।
पर्यटन मन्त्रालयका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक रहेका छन्। मृतकहरुको नाम पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेका थिए।
शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको र करार भने आरोहणकै लेक लागेर मृत्यु भएको बीबीसीले जनाएको छ। हराईरहेका पर्वतारोहीको खोजी कार्य भईरहेको पर्यटन मन्त्रालयका प्रवक्ता सुरेन्द्र थापा बीबीसीसंग भनेका छन्।



लाेकपाटी न्यूज

