काठमाडौं, १८ वैशाख। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादी कित्तामा लाग्ने कि समाजवादी कित्तामा लाग्ने भनेर हात उठाउने बेला भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
मे दिवसका सन्दर्भमा त्यसरी कित्ता छुट्याइयो भने हामीले सोचेकोजस्तो तागत बन्न सक्ने उनले जनाए। उनले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भए पनि नेपालमा भने आक्रामक नै रहेको जनाउँदै तर सन्तुष्ट हुने अवस्था नरहेको जनाए।
अहिले विचारलाई भुत्ते बनाउने र छोड्नेतर्फ मानिसहरु उद्दत भएको बताउँदै प्रचण्डले प्रष्ट भन्दा पनि अस्पष्ट हुने काम भएको जनाए। उनले पूँजीपतिसँग आत्मसमर्पण गर्नुको साटो विचारका आधारमा ऐक्यबद्धता जनाउनुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय रुपमा पनि पूजीवादी कित्तासँग नै ऐक्यवद्धता जनाउनुपर्ने उनको धारणा थियो। उनले विचारको आधारमा नै समाज अघि बढेको जनाउँदै अहिले हामी चौरास्तामा उभिएको जस्तो देखिएको र विचारलाई धारिलो बनाउने र फरक छुट्याएर आफू कता लाग्ने हो त्यता हात उठाउनुपर्ने बेला भएको जनाए।
प्रचण्डले समाजवादी क्रान्तिका लागि कम्युनिष्टहरुको एकता अनिवार्य भएको बताए। ‘हाम्रो संविधानमै समाजवादमा जाने लक्ष्य राखिएको छ। संवैधानिक व्यवस्थाअनुसार समाजवादको आधार तयार पार्न श्रमजीवी मजदुरहरुको भूमिका महत्वपूर्ण हुन्छ।



लाेकपाटी न्यूज

