काठमाडौं, १२ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले पुरानै राजसंस्थालाई राष्ट्रप्रमुखको भूमिका दिनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकासमेत निष्पक्ष नरहेको आरोप लगाउँदै राष्ट्र प्रमुखको भूमिका राजसंस्थालाई दिनुपर्ने बताए। उनले कुनै राजनीतिक दलप्रति आवद्ध नरहेको पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिन उपयुक्त हुने बताएका हुन्।
उनले प्रजातन्त्रप्रति प्रतिवद्ध पूरानै राजसंस्थालाई राष्ट्रप्रमुखको भूमिका दिने एजेण्डामाथि सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै आपत्ति जनाए। उनले आधुनिक नेपालको निर्माण पुरानै राजसंस्थाबाट भएकाले त्यसको विरोध गर्नेहरु प्रजातन्त्रवादी हुन नसक्ने समेत दाबी गरे।
राणाले सत्तामा रहेकाहरुले देशमा लुटतन्त्र र भ्रष्टाचारलाई संस्थागत गरेकोले देश ठूलो संकटमा घेरिँदै गएको आरोप लगाए। राजसंस्थाले मात्रै सबैलाई संरक्षण गर्नसक्ने राणाको दावी थियो।



लाेकपाटी न्यूज

