‘बाेर्डिङकाे शूल्क २७ प्रतिशतसम्म बढाउन सकिन्छ’

Bidhyasundar shakya
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । काठमाडौं महानगरभित्रका निजी विद्यालयले मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन छुट पाएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको हो । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ ।

महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयद्वारा हाल लिइँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन दिने गरी नयाँ शुल्कदर तोकेको हो ।

नयाँ शैक्षिक सत्र वैशाख २ देखि सुरु हुनेछ । महानगरभित्र सञ्चालित ६ सय ४५ निजी विद्यालयमा अब नयाँ शुल्क दर कार्यान्वयन गरिने महानगर शिक्षा विभाग प्रमुख निर्मला केसीले बताइन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्