कस्तो रहन्छ आजको मौसम ?

cloud sky
लाेकपाटी न्यूज

काठमाडौं, २२ चैत। शुक्रबार बिहान काठमाडौंसहित देशको पश्चिमी भागमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भाग हुँदै काठमाडौंमा वर्षा भइरहेको हो।

शुक्रबार काठमाडौंमा अझै केहीबेर वर्षा हुने र यो विस्तारै पूर्वतिर सर्दै जाने महाशाखाले जनाएको छ। महाशाखाले देशका अधिकांश भू–भागमा शुक्रबार र शनिबार मौसम बदली हुने उल्लेख गरेको छ ।

यो प्रि–मनसुन हो। महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, तराईका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना छ। शुक्रबारै दिउँसो उच्च हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ।

राति देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ। शुक्रबार राति देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थान र पश्चिमी भू–भागका एकरदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, पूर्व र मध्य तराईका सीमानामा हल्का हावाहुरी चल्ने सम्भावना रहेको र उच्च हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्