आज घोडेजात्रा : उपत्यकामा के–के छन् कार्यक्रम ?

hourse
लाेकपाटी न्यूज

काठमाडौं, २२ चैत। चैत्र कृष्ण औंसीका दिन शुक्रबार काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै, सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी शुक्रबार राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।

नेपाली सेनाका तर्फबाट शुक्रबार टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ। शुक्रबारकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्