काठमाडाैंकाे ट्राफिक जाम हट्छ : सर्वेन्द्र खनाल

Sarbendra Khanal
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई ट्राफिक जाम र प्रदुषणबाट मुक्त बनाउने घोषणा गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिए । उनले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने बताए ।
बिहीबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या समाधान गर्न सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्