धनी र गरीबको खाडल पुर्ने योजना बनाऔं : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनी र गरीब बीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका छन्।

अध्यक्ष प्रचण्डले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यकता पनि औंल्याए। उनले समानता र समृद्धि सँगसँगै जानुपर्ने धारणा राखे।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। पढेको जनशक्ति विदेश पलायत हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए।

अध्यक्ष प्रचण्डले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह गरे। उनले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।

यही चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा पनि प्रचण्डले नेपालले समृद्धि र समानता सँगसँगै लान खोजेको बताएका थिए। उक्त अवसरमा उनले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै समृद्धि र समानतासहितको समाजवाद नै नेपालको मूख्य लक्ष्य भएको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्