रेल नचल्दै लिक भत्कियो, ठेकेदार कम्पनिलाई कार्वाही होला ?

pic 2
लाेकपाटी न्यूज

विराटनगर,१९चैत।  विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानी आउँदा भत्किएको छ।भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो।

निर्माणाधीन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो। नेपाल तर्फ इञ्जिन परीक्षण गरिएको क्षेत्रमा करिब एक सय ८० मिटर ढल नाला भासिएको छ। रेल्वे परियोजनाको निर्माण भारतीय कम्पनी इरकोणले गरिरहेको छ।

इरकोणबाट पेटी ठेकेदारले पनि काम पाएका छन्। काम चलिरहेका बेला शनिवार राति आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी सञ्जीवकुमार देवले बताए। उनका अनुसार निर्माण भएको ६५० मिटर नालामध्ये करिब १८० मिटर नाला धसिएको हो। नाला रेलको लिकको बीचबाट पानी तथा ढल निकासाका लागि बनाइएको हो। नेपाल कस्र्टम यार्डमा निर्माण भएको पर्खालमा पनि असिना पानीले असर गरेको छ।

निर्माणधीन रेल्वे परियोजना भारत बनथाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका –२ सम्म १८।१ किलोमिटर लम्बाई छ। सोमध्ये ८ किलोमिटर क्षेत्रमा काम अन्तिम चरणमा पुगेको छ। नेपालतर्फ आउने रेल्वे परियोजनाका लागि भारत सरकारले ४ अर्ब ४८ करोड बजेट खर्च गरेको छ।

रेलमार्ग निर्माणका लागि इरकोण इन्टरनेशनल लिमिटेड फार्बिसगञ्जले ठेक्का पाएको थियो। सो कम्पनीले सन् २०१८ सम्ममा रेलमार्गको निर्माण पूरा गरिसक्नुपर्ने समय सीमा भए पनि मुआब्जा विवादले गर्दा निर्माणको मिति लम्बिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्