दोस्रो राष्ट्रिय कविता प्रतियोगिता रोल्पामा

poetry
लाेकपाटी न्यूज

रोल्पा, १६ चैत । रोल्पा बैशाख १५, १६ र १७ गत दोस्रो राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । रोल्पा गुँरासे सहित्य मेला, २०७६ अन्तर्गत रोल्पा नगरपलिकाको आयोजनमा तीन दिन राष्ट्रिय कविता प्रतियोगिता हुने भएको हो ।

डिबी टुहुरोको संयोजकत्वमा रहेको आयोजक समितिमा देवि गुरुङ, ओम पक्षी, लोक आलोक, नवीन लोचन, दामु मर्सिफुल, दिप दर्पन लगायतका सदस्य रहेका छन् । लिबाङमा १५ गते कार्यक्रमको उद्घाटन गरी जलजलाको टापुमा पुगेर कविता वाचन गर्ने र थवाङ हुँदै पुनस् फर्कने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

कविता प्रतियोगीताको प्रथम पुरस्कार ४० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार रहेको संयोजक डिबी टुहुरोले बताए । रोल्पाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्