मोरङ, १५चैत। डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन। मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए। पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा गएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो। पक्राउ परेका अन्सारीका सन्दर्भमा अख्तियारले कानुनअनुसार कारबाही गर्ने डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले बताए।



लाेकपाटी न्यूज

