सवारी दुर्घटनामा ६ को मृत्यु (नामसहित)

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ४ चैत । कपिलवस्तु, काभ्रे, सर्लाही, महोत्तरी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिबराज नगरपालिका ५ खैरी चोकस्थित सडकमा ना.६ प ७४२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका २ बस्ने १६ वर्षीया कमला बस्यालको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको संजीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

काभ्रेको मण्डन देउपुर नगरपालिका ९ नगरबन्द पाटीस्थित भित्रि सडकमा पाँचखालबाट ढाडखर्कतर्फ जाँदै गरेको बा.५ ख ५७७१ नम्बरको टिपर आइतबार साँझ आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा गम्भीर घाइते भएका टिपर चालक सोही नगरपालिका ८ बस्ने २३ वर्षीय सुरेश राईको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सहचालक जाजरकोट घर भएका २४ वर्षीय बुद्धिबहादुर चन्दको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका ७ चिताईनस्थित भित्रि सडकमा ना.४४ प ९४३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको कल्भर्टमा आइतबार दिउसो ठोक्किँदा गम्भीर घाइते भएका चालक लालबन्दी नगरपालिका १ बस्ने ३५ वर्षीय राम एकवाल गुप्ताको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका(१ बस्ने २५ वर्षीय रामकुमार यादवको सोही अस्पतलामा उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

यसैगरी सर्लाहीकै हरिपुर नगरपालिका ८ जुटपानीस्थित सडकमा ना.४० प ३८२१ नम्बरको मोटरसाइकल आइतबार राति आफै अनियन्त्रित भई बाटोको छेउँमा रहेको कलधाराको वालमा ठोक्किँदा गम्भीर घाइते भएका चालक हरिवन नगरपालिका ९ बस्ने ३४ वर्षीय अमर गोलेको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ३० वर्षीय विवेक लामाको सोही अस्पतलामा उपचार भइरहेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका ५ टुटेश्वर चोकस्थित सडकमा ज.१ त ४७३३ नम्बरको ट्याक्टरमा ज।१२ प १६४९ नम्बरको मोटरसाइकल आइतबार राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका १० बस्ने ३३ वर्षीय मनोज भट्टराईको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका ९ बस्ने ३२ वर्षीय संजय खतिवडाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ स्थित सडकमा से.६ प २२५४ नम्बरको मोटरसाइकल आइतबार राति आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २३ मिटर तल खेतमा जम्मा गरेको ढुंगामा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका २ बंक बस्ने ३५ वर्षीय डम्मर बोहराको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालक सोही नगरपालिका ४ किचाई बस्ने २७ वर्षीय तेजबहादुर भण्डारीको सोही अस्पतलामा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्