अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदै

Chair-Dahal-Prachanda-1-750x430
लाेकपाटी न्यूज

काठमाडाैं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोटअनुसार उनीहरु आज साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमासमेत उपचार भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्