दुर्घटनामा तीनको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन । सप्तरी र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सप्तरीको सुरुङगा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा को १ ख ४९३४ नम्बरको बसले को ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय रामे पासवान र मोटरसाइकलमा सवार ५० वर्षीय मोमहदुरको घटनास्थलमै मृत्यु भएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पृथ्वी राजमार्गमा ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर सवार २५ वर्षीय प्रतिक्षा भण्डारीको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोही दुर्घटनामा घाइते भएका स्कुटर चालक शुक्ला गण्डकी नगरपालिका–५ बस्ने ३५ वर्षीय दुर्गा अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्