प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको ज्यान गयाे

paraglaiding
लाेकपाटी न्यूज

पोखरा, २१ फागुन । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ ।

बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे जानकारी दिए । सोमबार पनि माछापुच्छ्रे गाउँपालिका ९ ठाँटीमा पोर्चुगलका एक विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भूइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्