‘रविन्द्र दाइको दुर्घटनाले स्तब्ध छु’ : गगन थापा

Gagan Thapa
लाेकपाटी न्यूज


काठमाडौं, १५ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनामा दुख व्यक्त गरी श्रद्धान्जली समेत दिएका छन् । विद्यार्थी राजनीतिबाटै मन्त्री बनेका थापाले सहकर्मी तथा मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले फेसबुक वालमा लेखेका छन्, ‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ , मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन । मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रद्धान्जली !! ’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्