हेटौँडा, ८ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सडक फराकिलो पार्न पहिले आफ्नै घर भत्काउने बताएका छन् । उनले १६ मिटर फराकिलो अभियान आफ्नै घरबाट शुरु गर्ने बताएका हुन् ।
२५ मिटर भत्काउनु हुँदैन भनेर अगुवाई गरेका मुख्यमन्त्री पौडेलले आफ्नै नेतृत्वको सरकार भएको अवस्थामा १६ मिटर फराकिलो गर्ने निर्णय गरेका थिए । सो निर्णयपछि आज औपचारिक रुपमा उनले यस्तो भनाई सार्वजनिक गरेका हुन् ।
रेडियो थाहा सञ्चारको वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले २५ मिटर फराकिलो बनाउने अभियानको विरोध गर्दा आफुलाई विकास विरोधी भनेर चित्रण गरेको समेत बताए । उनले भने, ‘डोरमणि पौडेलको घर भत्किने भएकाले सडक फराकिलो पार्न नदिएको आरोप मलाइृ लागेको छ । तर, यो सत्य होइन ।’
अब १६ मिटर सडक विस्तार हुने भन्दै उनले २५ मिटरको रटान गरिराख्नु आवश्यक नभएको बताउँदै सडक ऐन संसोधन गरी कार्यान्वयनमा आएपछि आफ्नै घरबाट यस कार्यको थालनि गर्ने बताए ।



लाेकपाटी न्यूज

