काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली डाभोसको ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने भएका छन् ।
उनी विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन सोमबार स्वीजरल्याण्डको डाभोस पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच विमानस्थलमा स्विटजरल्याण्डका लागि राजदूत तथा त्यहाँ स्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दीपक धितालले स्वागत गरेका थिए ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका रहेका छन् ।



लाेकपाटी न्यूज

