इञ्जिनियरको साहित्यिक अधिवेशन

48268983_266685537346124_2027859501612269568_n
लाेकपाटी न्यूज

सविता शर्मा/पोखरा । इन्जिनियरिङ साहित्यिक सञ्जाल (इन्सास) पोखराको सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष संगीत लामिछाने, प्रमूख अतिथि पोखरा युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश आचार्य, विशेष अतिथि इन्सासका संरक्षकद्वय अल्पविराम पोखरेली, दीलिप दोषी, शिव त्रिपाठी लगायतले शुभकामना दिएका थिए ।

अधिवेशनले कपिल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा निशान सरकार, सचिवमा नितेश रिसाल, सहसचिव प्रकाश बास्तोला, कोषाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ रहेका छन् । अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा नियमित रचना वाचन अन्तर्गत सहभागीहरुले गीत, कविता, गजल तथा मुक्तक वाचन गरेका थिए । सञ्जालले नियमितजसो साहित्यिक कार्यक्रम गर्दै आएको छ । इञ्जिनियरहरु प्राविधिक मात्र होइनन्, साहित्यिक क्षेत्रमा पनि दक्ष छन् भन्ने तथ्य प्रमाणित गर्न सञ्जाल क्रियाशील रहँदै आएको छ ।

अधिवेशनले रचना वाचनलाई नियमित बनाउने, बैंकिङ प्रणालीमार्फत् सञ्जालको कारोबार सञ्चालन गर्ने, आफ्नै साहित्यिक पत्रिका इ–अनुनादको प्रकाशन गर्ने, इन्सास पुस्तकालयलाई थप ब्यवस्थित गर्ने लगायतका निर्णय गरेको निवर्तमान अध्यक्ष संगीत लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्