काठमाडौं, ३ मंसिर । अर्किड इन्टरनेशनल कलेजले विएस्सी सिएस्आइटी, बिआई एम्, बिसिए, बिएस् डब्लु, बिबिएमका नयाँ विद्यार्थीहरुका लागि स्वागत तथा ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गोकर्णस्थित नर्लिङ्ग रिसोर्टमा भएको थियो ।
कार्यक्रममा कलेजका प्रधानाध्यापक, क्याम्पस प्रमुख, प्रोग्राम कोअर्डिनेटर, शिक्षक एवम् विद्यार्थीहरुले आफ्नो भनाइ राखेका थिए । प्रधानाध्यापक विदुर दाहालले विद्यार्थी जीवनमा सफल हुनका लागि नियमितता, अनुशासन, समयको महत्व, सकारात्मक सोच, परिश्रम र धैर्यता आवश्यक रहेको बताएका थिए ।
क्याम्पस प्रमुख पुरुषोत्तम शर्माले डार्विन सिद्धान्त (survival of the fittest) को उदाहरण दिंदै विद्यार्थी प्रतिशप्रदी हुनको लागि प्रेरित गरेका थिए ।
प्रोग्राम कोअर्डिनेटर विजय मिश्रले नयाँ विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीहरुलाई आफ्नो समयको सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताएका थिए ।
शिक्षकको तर्फबाट पे्रस्ता उदासले शिक्षक र विद्यार्थीबीच हुनुपर्ने सम्बन्धको बारेमा स्पष्ट पारेकी थिइन् ।
विद्यार्थीको तर्फबाट कलेजमा अध्ययनरत ओजस्वी, पुजा ओझा लगायतले आफूले अर्किड कलेज आएर बटुलेका अनुभवहरु सुनाएका थिए । उनीहरुले आउने नयाँ विद्यार्थी साथीहरुसँग सुमधुर सम्बन्ध हुनुपर्ने बताएका थिए ।
विद्याथीहरुले विभिन्न सांगितीक प्रस्तुतीहरु देखाएर सबैलाई मनोरन्जन प्रदान गरेका थिए । पछिल्लो समय देशमा बढिरहेको बलात्कार तथा यौनहिंसाका घटनालाई मुख्य विषय बनाएर पे्ररणादायी गीति नाटक प्रस्तुत गरेका थिए । नाटकमार्फत कलाकारहरुले यौनहिंसाविरुद्ध सबैलाई एकजुट हुन आग्रह गरेका थिए ।



लाेकपाटी न्यूज

